शुक्रबार, चैत्र २७, २०८२
  • गृहपृष्‍ठ
  • बिश्व
  • बेलायती प्रधानमन्त्री लिज ट्रसको राजिनामा : ऋषि सुनाक आउन सक्ने

बेलायती प्रधानमन्त्री लिज ट्रसको राजिनामा : ऋषि सुनाक आउन सक्ने


कान्तिपथ


बेलायतकी प्रधान लिज ट्रसले पदबाट बिहीबार राजीनामा दिएकी छन्। पदमा नियुक्त भएको डेढ महिनामै उनले राजीनामा दिएकी हुन्।

उनको स्थानमा ऋषि सुनाक प्रधानमन्त्री नियुक्त हुनसक्ने अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्। विवाद बढ्दै गएपछि बेलायतस्थित कन्जर्भेटिभ पार्टीका सांसदले उनलाई राजीनामा दबाब दिएका थिए।

यसअघि बुधबार राति बेलायतका गृह मन्त्री सुएला ब्रेवरम्याने पदबाट राजीनामा दिएका थिए। उनको स्थानमा पूर्व परिवहन मन्त्री ग्रान्ट साप्सलाई उक्त जिम्मेवारी दिइएको थियो।

उनले राजा चार्ल्ससँग भेटेर उनलाई राजीनामा दिइसकेको बताइन्। उनले अब कन्जर्भेटिम पार्टीको प्रमुखको जिम्मेवारीबाट पनि राजीनामा दिने बताइन्।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत