आइतवार, चैत्र २२, २०८२

भारतीय मूलका ऋषि सुनक बेलायतको नयाँ प्रधानमन्त्री बन्दै


कान्तिपथ


भारतीय मूलका ऋषि सुनक सोमबार बेलायतको नयाँ प्रधानमन्त्री बन्ने पक्का भएको छ। सोमवार साँझ साढे ६ बजे उनी प्रधानमन्त्री हुने कुरा प्रष्ट भइसक्नेछ। अघिल्लो प्रधानमन्त्री लिज ट्रसले केबल ४४ दिनमै राजीनामा दिएपछि सुनकको बाटो खुलेको हो।

लिज ट्रसले राजीनामा दिएपछि बोरिस जोनसन, ऋषि सुनक र पेनी मरडन्टको नाम चर्चामा आएको थियो। तर आइतवार नै जोनसन दौडबाट बाहिरिएपछि अब नयाँ प्रधानमन्त्रीका लागि ऋषि सुनक र पेनी मात्रै दौडमा छन्।

बेलायतको संसदमा ३५७ सदस्य छन्। चुनावको नयाँ नियम अनुसार प्रधानमन्त्री बन्नका लागि १०० भन्दा धेरै सांसदको समर्थन चाहिन्छ। बीबीसीको समाचार अनुसार सुनकलाई करिब १५५ सांसदले साथ दिँदैछन्।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत