शुक्रबार, चैत्र २७, २०८२
  • गृहपृष्‍ठ
  • बिश्व
  • अफ्रिकामा शरणार्थीहरू सङ्कटपूर्ण अवस्थामा रहेका राष्ट्रसङ्घको भनाई

अफ्रिकामा शरणार्थीहरू सङ्कटपूर्ण अवस्थामा रहेका राष्ट्रसङ्घको भनाई


कान्तिपथ


जेनेभा । संयुक्त राष्ट्रसङ्घले अफ्रिकी देशहरूमा पछिल्लो समयमा देखिएको राजनीतिक लगायतका सङ्कटका कारण यहाँका शरणार्थीहरूको अवस्था निकै सङ्कटपूर्ण रहेको जनाएको छ ।
संयुक्त राष्ट्रसङ्घले यहाँ सरकारहरूले राखेका तथ्याङ्कमा भन्दा पनि बढी शरणार्थीहरू रहेका र उनीहरूका समस्या पनि निकै धेरै रहेका बताएको हो ।
साथै यहाँ पछिल्ला दिनहरूमा शरणार्थी बढ्दै गएका र आगामी दिनमा यो सङ्ख्या थप बढ्ने चेतावनी पनि संयुक्त राष्ट्रसङ्घले दिएको छ ।
संयुक्त राष्ट्रसङ्घीय शरणार्थीसम्बन्धी उच्चायुक्त फिलिपो ग्रान्डीले सो कुरा बताउनुभएको हो । उहाँका अनुसार अफ्रिकी देशहरूमा शरणार्थीहरूको सङ्ख्या बढ्दै गएसँगै कतिपय स्थानमा उनीहरूको अवस्था पनि अज्ञात रहेको उहाँको भनाई छ ।
सोमालिया र केन्याको पाँच दिने भ्रमण सकेसँगै मङ्गलबार दिनुभएको प्रतिक्रियामा उहाँले सो कुरा बताउनुभएको हो । उहाँले यहाँका शरणार्थीहरूका कैयौँ समस्या रहेका, उनीहरूले सङ्कटपूर्ण अवस्थाबाट दिन काट्नु परिरहेको भन्दै यसका लागि सबैको सहयोग आवश्यक रहेको बताउनुभएको हो ।
विश्वले नै यो संवेदनशील विषयमा ध्यान दिनु जरुरी छ र विश्वका दाता एवम् अन्य राष्ट्रहरूले सहयोगको हात बढाउनुपर्ने अवस्था छ– उहाँले भन्नुभएको छ ।सोमालियमा मात्र यस वर्ष कम्तीमा दश लाख नागरिक खडेरीका कारण विस्थापित भएका तथ्याङ्क संयुक्त राष्ट्रसङ्घसँग रहेको उहाँले बताउनुभयो ।
उच्चायुक्त फिलिपोले सोमालियमा नै आन्तरिक राजनीतिक विवाद र हिंसाका कारण विस्थापित भएकाहरूको सङ्ख्या कम्तीमा पनि पाँच लाख रहेको जानकारी दिनुभयो ।
त्यसैगरी उहाँले केन्याका दबाद र काकुनामा रहेका शरणार्थी शिविरहरूको भ्रमण गर्नुभएको थियो । ती शिविरमा रहेका कम्तीमा पनि ५० हजार शरणार्थीलाई तत्कालै अत्यावश्यकीय सहयोगको खाँचो रहेको बताउनुभएको थियो । रासस/सिन्ह्वा



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत