शुक्रबार, चैत्र २७, २०८२

फिलिपिन्सको उत्तरी क्षेत्रमा ६.७ म्याग्निच्युडको भूकम्प


कान्तिपथ


मनिला । उत्तरी फिलिपिन्समा मङ्गलबार राति ६.७ म्याग्निच्युडको भूकम्प गएको फिलिपिन्स इन्स्टिच्युट अफ ज्वालामुखी तथा भूकम्प विज्ञान संस्थानले जनाएको छ ।
स्थानीय समयानुसार मङ्गलबार राति २२ः५९ बजे सो भूकम्प गएको जनाइएको छ । भूकम्प केन्द्रबिन्दु लुजोनको मुख्य टापुमा रहेको अब्रा प्रान्तको टिनेग सहरबाट करिब सात किलोमिटर उत्तर पश्चिममा २८ किलोमिटर गहिराइमा रहेको जनाइएको छ ।
भूकम्प विज्ञान संस्थानले पराकम्पन आउने तर क्षति नपुग्ने बताएको छ । सुनामीको चेतावनी अहिलेसम्म जारी गरिएको छैन । भूकम्पको धक्का इलोकोस सुर प्रान्त र बागुइओ सहरलगायत आसपासका क्षेत्रमा पनि महसुस भएको सो संस्थानले जनाएको छ ।
फिलिपिन्समा प्रशान्त महासागरको “रिंग अफ फायर“ सँगको स्थानको कारणले बारम्बार भूकम्पीय गतिविधि हुने गरेको पाइन्छ ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत