शुक्रबार, चैत्र २७, २०८२

दक्षिण कोरियाको सोलमा भागदौडमा कम्तीमा १४९ जनाको मृत्यु


कान्तिपथ


काठमाडौँ । दक्षिण कोरियाको राजधानी सोलमा भएको भागदौडमा कम्तीमा १४९ जनाको मृत्यु भएको छ । घटनामा १५० भन्दा बढी घाइते भएका अधिकारीहरूले बताएका छन् ।

कोभिड महामारीपछि दक्षिण कोरियामा पहिलो पटक यस अवसरमा ठूलो संख्यामा मानिसहरू यहाँ आएका थिए । रिपोर्टका अनुसार यहाँ करिब एक लाख मानिस जम्मा भएका थिए । यी मानिसहरू नो मास्क हेलोवीनमा सहभागी हुन यहाँ आएको बताइएको छ ।

यसै क्रममा भागदौडका कारण ठूलो संख्यामा मानिसहरुको ज्यान गएको हो । मृत्यु हुनेमा धेरै जसो २० बर्ष को आसपास उमेर रहेका बिबिसीले उल्लेख गरेको छ ।

स्थानीय अधिकारीहरूका अनुसार सियोलमा ह्यालोवीन उत्सवको क्रममा भागदौड मच्चिँदा धेरै व्यक्ति घाइते भएका छन् । उनले हेलोवीनमा यति धेरै भीड जम्मा भएको कोरोना अवधिपछि पहिलो पटक भएको बताए । मिडिया रिपोर्टका अनुसार ह्यामिल्टन होटलमा धेरै सेलिब्रेटीहरू ह्यालोवीन मनाउन भेला भएका थिए । भीड स्टारहरू हेर्न साँघुरो गल्लीमा पुगेपछि घटना घटेको बताइएको छ ।

घटनापछि राष्ट्रपति युन सुक-योलले योङसान-गुको इटेवनमा विपद् व्यवस्थापन टोलीलाई तत्काल तैनाथ गर्न आदेश दिदै घटनाको छानविन गर्न निर्देशन दिएका छन् ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत