शुक्रबार, चैत्र २७, २०८२
  • गृहपृष्‍ठ
  • बिश्व
  • राप्रपाको घोषणापत्र : २०४६ पछिका नेताको सम्पति छानबिन, अघिका पन्चलाई सुनपानी ?

राप्रपाको घोषणापत्र : २०४६ पछिका नेताको सम्पति छानबिन, अघिका पन्चलाई सुनपानी ?


कान्तिपथ


राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले पञ्चायतकालमा भएको भ्रष्टाचार र अबैध सम्पत्ति आर्जनलाई उन्मुक्ति र बहुदलकामा भएका भ्रष्टाचार–अबैध सम्पत्ति आर्जनलाई मात्र कानूनको दायरामा ल्याउने प्रतिबद्दतासहितको घोषणापत्र जारी गरेको छ।

‘बरु नष्ट हुन्छौँ, भ्रष्ट हुँदैनौँ’ भन्ने नारासहित राप्रपाले जारी गरेको चुनाव घोषणापत्रमा ‘सुशासन’ खण्ड अन्तर्गत ‘उच्चस्तरीय नागरिक आयोग गठन गरी २०४६ पछिका उच्चपदस्थ नेता तथा कर्मचारीहरुको सम्पत्ति छानविन गरी अबैध सम्पत्ति जफत गर्ने कानूनी व्यवस्था’ गरिने उल्लेख छ।

तर, पञ्चायतकालमा भएका भ्रष्टाचार र अनियमिताबारे राप्रपाको घोषणापत्र मौन छ। स्मरणीय छ, राप्रपाको पहिचान अहिलेपनि पूर्वपञ्चहरुको दलको रुपमा छ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत