शुक्रबार, चैत्र २७, २०८२

श्रीलंकाकाे मुद्रास्फीति एक वर्षपछि पहिलो पटक कम


कान्तिपथ


एजेन्सी। संकटग्रस्त श्रीलंकाको मुद्रास्फीति एक वर्षपछि पहिलो पटक सामान्य रूपमा घटेको छ। तर मूल्य अझै पनि एक वर्ष अघिको तुलनामा ६६ प्रतिशत बढी रहेको सरकारी तथ्यांकले देखाएकाे छ। 

दुई करोड २० लाख जनसङ्ख्या भएको यस टापु राष्ट्रले महिनौंदेखि चरम आर्थिक कठिनाइको सामना गर्नु परेको र खाद्यान्न, इन्धन र औषधिलगायत अत्यावश्यक वस्तुहरूको चरम अभाव भएको छ।

जनगणना तथा तथ्यांक विभागको तथ्यांकअनुसार अक्टोबरको मुद्रास्फीति सेप्टेम्बरको ६९.८ प्रतिशतको तुलनामा करिब चार प्रतिशत अंकले कम हो। श्रीलंकामा सेप्टेम्बरमा लगातार १२औं महिना ९४.९ प्रतिशत रहेको खाद्य मुद्रास्फीति अक्टोबरमा घटेर ८५.६ प्रतिशतमा झरेको छ। 

विभागले मुद्रास्फीतिमा मन्दीका कारण भने खुलाएको छैन, तर अधिकारीहरूले अक्टोबरमा दुई पटक इन्धनको मूल्य घटाएका थिए र मूल्यमा २० प्रतिशतले कटौती गरेका थिए।

यद्यपि, पेट्रोलको मूल्य गत वर्षको अन्त्यमा संकट सुरू हुनुअघिको तुलनामा दोब्बर छ, जबकी सामान्यतया सार्वजनिक यातायातका लागि प्रयोग हुने डिजेलको मूल्य अझै साढे तीन गुणा बढी छ।

खाद्यान्न र इन्धन दुवैको मूल्य वृद्धिका कारण मागमा कमी आएको छ भने पेट्रोल, डिजेल तथा खाना पकाउने ग्यासको लाम हालैका हप्ताहरूमा ह्वात्तै घटेको छ।

विश्व बैंकले यस वर्ष अर्थतन्त्र ९.२ प्रतिशतले खुम्चिने चेतावनी दिएको छ। जुन श्रीलंकाकाे केन्द्रीय बैंकले अनुमान गरेको ८.७ प्रतिशत सङ्कुचनभन्दा बढी हो।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत