शुक्रबार, चैत्र २७, २०८२
  • गृहपृष्‍ठ
  • बिश्व
  • न्युजिल्यान्डवासी ४० प्रतिशत एसियाली जातिवादी व्यवहारबाट प्रभावित : अध्ययन

न्युजिल्यान्डवासी ४० प्रतिशत एसियाली जातिवादी व्यवहारबाट प्रभावित : अध्ययन


कान्तिपथ


facebook sharing button
twitter sharing button
messenger sharing button
whatsapp sharing button
viber sharing button
sharethis sharing button

वेलिङ्गटन। कोभिड–१९ महामारी सुरु भएयता ४० प्रतिशत एसियाली न्युजिल्यान्डवासीले नस्लवादको अनुभव गरेका एक अध्ययनले देखाएको छ ।

अस्थायी आप्रवासी, विद्यार्थी र ग्रामीण समुदायमा बस्नेहरूले एसियाविरोधी घृणाको अनुभव गर्ने सम्भावना बढी छ । न्युजिल्यान्ड मेडिकल जर्नलमा शुक्रबार प्रकाशित एक अध्ययनले जातिवादको अनुभव डिप्रेसन, चिन्ता र कम जीवन सन्तुष्टिसँग सम्बन्धित रहेको देखाएको छ, त्यसैले उनीहरूको नतिजाले जातिवाद विरोधी हस्तक्षेपहरू सबैभन्दा बढी आवश्यक रहेको सङ्केत गर्दछ ।

अध्ययनका पहिलो लेखक अकल्याण्ड विश्वविद्यालयका रिबेका जाउङले भन्नुभयो, “न्युजिल्यान्ड र विश्वव्यापी रूपमा नै कोभिड–१९ महामारीमा समेत समाजमा जातिवादलाई उजागर गरेको छ । यसमा लक्षित एशियाविरोधी घृणा पनि समावेश छ ।”

अध्ययनले न्युजिल्यान्डमा एसियाली मानिसहरूका लागि नस्लवादको अनुभव र कोभिड–१९ महामारीको पहिलो १८ महिनाका अनुभव र जीवन सन्तुष्टिबीचको सम्बन्धको वर्णन गरेको छ ।

अध्ययनले जातिवाद मुख्यतया सार्वजनिक स्थल, सामाजिक सञ्जाल र मूलधारका सञ्चारमाध्यमा हुने गरेको देखाएको छ । शाब्दिक र उत्तेजनापूर्ण अभिव्यक्तिमार्फत् जातिवादी दुब्यवहार प्रकट गरिने गरेको अध्ययनले देखाएको छ ।

अध्ययनले सन् २०२१ मा गरिएको ‘क्रस सेक्शनल अनलाइन सर्वेक्षण’मार्फत एक हजार ४५२ प्रतिक्रियाहरू सङ्कलन गरेको छ । अध्ययनले कोभिड–१९ महामारीको प्रभाव र न्युजिल्यान्डमा बसोबास गर्ने एसियाली जनताको स्वास्थ्यमा एसियाली विरोधी नस्लवादको वृद्धिलाई जोड दिएको छ ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत