आइतवार, चैत्र २९, २०८२

बैंकहरूको निक्षेपबढ्न थाल्यो, एक हप्तामा ११ अर्ब संकलन


कान्तिपथ


एक साता यता वाणिज्य बैंकमा निक्षेप संकलनको मात्रा बढ्न थालेको छ। बैंकहरुको निक्षेप ११ अर्बले वृद्धि भएको छ। मंसिर ९ मा ४५ खर्ब ६२ अर्ब रहेको निक्षेप १६ मंसिरमा ४५ खर्ब ७३ अर्ब पुगेको नेपाल बैंकर्स संघ जानकारी दिएको छ।

कात्तिक मसान्तको तुलनामा २ मंसिरमा ५ अर्बले घटेको निक्षेप पछिल्लो दुई सातामा भने १५ अर्बले वृद्धि भएको छ। कात्तिक मसान्तमा ४५ अर्ब ६३ अर्ब रहेको निक्षेप २ मंसिरमा ५ अर्बले घटेर ४५ खर्ब ५८ अर्बमा झरेकोमा ९ मंसिरमा बढेर ४५ खर्ब ६२ अर्ब पुगेको थियो। यस्तै १६ मंसिरमा थप वृद्धि भएको हो।

कात्तिक मसान्तमा ४२ खर्ब २२ अर्ब रहेको वाणिज्य बैंकहरुको कूल कर्जा २ मंसिरमा ४२ खर्ब १९ अर्बमा झरेको थियो। ९ मंसिरमा पुन: ४२ खर्ब २२ अर्ब नै पुग्दा १६ मंसिरमा ४२ अर्ब २३ अर्ब पुगेको छ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत