काँग्रेस संसदीय दलको नेताका लागि उम्मेदवारी दिएका गगन थापामाथि अर्का उम्मेदवार तथा पार्टी सभापति शेरबहादुर देउवा समर्थकले प्रहरीको दुरुपयोग गर्दै निगरानी बढाएको गगन पक्षधरले आरोप लगाएका छन्।
उम्मेदवारी दर्तापछि थापा जता जान्छन् गाडी र मोटरसाइकलबाट फलो गर्ने, बसेको होटेलमा निगरानी बढाउने लगायतका गतिविधि भएपछि थापाका सहयोगीले २ जनालाई नियन्त्रणमा लिएका थिए।
उनीहरूको साथमा प्रहरीको परिचय पत्र फेला परेको भन्दै गगनका सहयोगी सविन मुडभरिले सामाजिक सञ्जालमै राखेका छन्। मुडभरिले राखेको परिचय पत्रमा सई सरोज भण्डारी र प्रहरी जवान आशिस क्षेत्रीको हो।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ