बुधबार, बैशाख ३०, २०८३

चितवनमा सिकारीले मार्‍यो दुई गैँडा


कान्तिपथ


 

शुक्रवार दिउसो साढे १२ बजे पूर्वी नवलपरासीको मध्य विन्दु नगरपालिका २ सीतापुर सेहेरी नजिकै नारायणी नदीको भङालोमा दुई वटा गैँडा मृत अवस्थामा फेला परेको छ । एउटा माउ गैँडा र एउटा भाले बच्चा गैँडा मृत अवस्थामा फेला परेको र फेला परेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । 

माउ गैँडाकोट सिङ काटेर लगेको र बच्चाको भने सुरक्षित रहेको सूचना अधिकारी तिवारीले जानकारी दिनुभयो । नारायणी नदी वारी घाँसमा चर्न आएको समय पारेर शुक्रवार बिहान सिकारीले गैँडा मारेको हुन सक्ने प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । घटनाको अनुसन्धान भइरहेको निकुञ्जले जानकारी दिएको छ । 

मृत गैँडा नजिक विद्युतीय तार रहेकाले गैँडालाई करेन्ट लगाएर मारेको हुन सक्ने निकुञ्जले जानकारी दिएको छ । अन्य अनुसन्धानको काम भइराखेको कार्यालयले जनाएको छ । मृत यो गैँडा सहित चितवन राष्ट्रिय निकुञ्ज र निकुञ्जको मध्यवर्ती क्षेत्रमा चालु आर्थिक वर्ष. २०७९-०८० मा मर्ने गाडैको सङ्ख्या १० वटा पुगेको छ । 



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत