आइतवार, चैत्र २९, २०८२

पत्रकारितामा फर्किन लागेका हुन् लामिछाने ?


कान्तिपथ


राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले आज आइतबार पत्रकार सम्मेलनको आयोजना गर्दै सिधा कुरा गर्न चाहेको बताएका छन्। उनले आज दिउँसो पार्टी कार्यालयमा विशेष पत्रकार सम्मेलन गर्दै जनतासँग सिधा कुरा गर्ने बताएका हुन्।

अध्यक्ष लामिछानेले सामाजिक सञ्जालमा स्ट्याटस लेख्दै सिधा कुरा नगरेको धेरै भएकाले आज सिधा कुरा गरिने र उक्त कुरा देश तथा विदेशमा रहेका जनतालाई सुन्न आग्रहसमेत गरेका छन्।

‘पार्टीको बैठकले आज ठोस निर्णय लिन्छ त्यो आफ्नै ठाउँमा छ। त्यस लगत्तै पार्टी कार्यालयबाट आज म विषेश पत्रकार सम्मेलन गर्दैछु। म चाहन्छु सिंगो देश र विदेशमा रहनुहुने सबैले आजको पत्रकार सम्मेलन हेरुन्, सुनुन्। मैले सिधा कुरा नगरेको धेरै भएछ,’ उनले फेसबुकमा लेखेका छन्।

नागरिकता विवादमा सर्वोच्च अदालतको फैसलाका कारण उनको सांसद र मन्त्रीपद गएको छ। तर उनी तत्काल गृहमन्त्रीमा फिर्ता हुन जोडबल गरिरहेका छन्। गैरसांसदका रुपमा मन्त्री हुन खोजेको भन्दै उनको चर्को आलोचना भइरहेको छ।

यही विषयमा सत्ता गठबन्धनभित्र पनि विवाद रहेको छ। नेकपा माओवादी केन्द्र रास्वपालाई गृहमन्त्री दिने पक्षमा छैन भने नेकपा एमाले रास्वपालाई नै गृहमन्त्री दिनुपर्ने अडानमा छ। यही विषयमा सत्ता गठबन्धनभित्र पनि विवाद चर्किंदै गएको हो।

गृह मन्त्रालय नपाए सरकारबाट बाहिरिने चेतावनी दिइरहेको रास्वपाको केन्द्रीय समिति र संसदीय दलका सदस्यहरूको बैठक आज पनि बस्दै छ। उनले पत्रकार हुँदा सिधा कुरा नामक टेलिभिजन कार्यक्रम सञ्जालन गर्दै आएका थिए।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत