मङ्लबार, बैशाख १, २०८३

गण्डकी प्रदेशमा १७ प्रतिशत रकम खर्च


कान्तिपथ


कास्की।गण्डकी सरकारले हालसम्म करिब १७ प्रतिशत मात्रै बजेट खर्च गरेको छ ।३५ अर्ब ९० करोडको बजेट कार्यान्वयन गरिरहेको सरकारले हालसम्म चालुतर्फ २ अर्ब ९० करोड र पुँजीगततर्फ ३ अर्ब ६ करोड रुपैयाँ खर्च गरेको छ ।

चालुतर्फ करिब २२ प्रतिशत खर्च भएको छ भने पुँजीगततर्फ १४ प्रतिशत मात्रै खर्च भएको हो । हालसम्म जम्मा १६.६३ प्रतिशत बजेट खर्च भएको अर्थ मन्त्रालयकै जनाएको छ । बजेट खर्च मात्रै होइन, सरकारले राजस्व सङ्कलनमा पनि उल्लेख्य प्रगति गर्न सकेको छैन ।

आन्तरिक राजस्व करिब २४ प्रतिशत मात्रै उठाएको छ । ५ अर्ब ८१ करोड १६ लाख आन्तरिक आम्दानी गर्न लक्ष्य लिएको सरकारले हालसम्म १ अर्ब ३८ करोड ५५ लाख ३१ हजार आम्दानी गरेको छ ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत