राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राहदानी (पासपोर्ट) दुरुपयोग गरेको दाबीसहित युवराज पौडेलले सरकारी वकिलको कार्यालय काठमाडौंमा उजुरी दिएका छन् ।
रविले पासपोर्ट दुरुपयोग गरेको प्रमाण भएर पनि प्रहरीले उजुरी नलिएको दाबी गर्दै उनले सरकारी वकिलको कार्यालयमा उजुरी दिएका हुन् । निवेदनमा उनले प्रहरीलाई उजुरी दर्ता गरेर अनुसन्धानका लागि आदेश दिन माग गरेका छन् ।
रविले जानाजान विदेशी नागरिक हुँदाहुँदै नेपालको पासपोर्ट लिएकाले उनको पासपोर्ट जफत गरेर आवश्यक कारबाही हुनुपर्ने उनको माग छ ।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ