बुधबार, बैशाख ३०, २०८३
  • गृहपृष्‍ठ
  • अपराध
  • सरकारी वकिल कार्यालयले थाल्यो लामिछानेको पासपोर्ट मुद्दामा छानबिन

सरकारी वकिल कार्यालयले थाल्यो लामिछानेको पासपोर्ट मुद्दामा छानबिन


कान्तिपथ


राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले पासपोर्ट दुरुपयोग गरेको मुद्दामा सरकारी वकिल कार्यालय काठमाडौंले छानबिन थालेको छ। जिल्ला प्रहरी परिसर काठमाडौं र अध्यागमन विभागले उजुरी लिन नमानेपछि सिन्धुलीका युवराज पौडेल सफलले वकिल कार्यालयमा निवेदन दिएका थिए।

निवेदन परेपछि वकिल कार्यालयले जिल्ला प्रशासन कार्यालय, राहदानी विभाग र अध्यागमन विभागमा बुधबार पत्र पठाइसकेको जिल्ला सरकारी वकिल कार्यालयका प्रमुख सहन्यायाधीवक्ता अच्यूतमणि नेउपानेले बताए।

नागरिकताको मुद्दामा दोषि ठहर भएका लामिछानेले सोही नागरिकताका आधारमा पासपोर्ट लिएर दूरुपयोग गरेको उजुरीमा उल्लेख छ। उनले पासपोर्ट दूरुपयोगको मुद्दामा छानबिन गर्न भन्दै प्रहरीमा निवेदन दिएका थिए। तर प्रहरीले हालसम्म पनि उक्त निवेदन दर्ता गरेको छैन।

प्रहरीले दर्ता नगरेपछि उनले सरकारी वकिल कार्यालयमा निवेदन दिएका हुन्। रवि लामिछानेले जानि जानि झुटो विवरण बुझाई पासपोर्ट लिएको निवेदनमा उल्लेख छ।

पौडेलले मुलुकी फौजदारी कार्यविधि संहिता ऐन २०७४ को दफा ५ बमाृजिम जाहेरी दरखास्त दर्ता प्रक्रिया अगाडि बढाउन माग गरेका छन्। उक्त कसुर अनुसार लामिछानेलाई ३ वर्षसम्म कैद र ३० हजार रुपैयाँ जरिवाना हुने कानुनी व्यवस्था छ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत