बिहिबार, बैशाख ३१, २०८३

मृत गैंडाको खाग र खुर फेला पर्‍यो


कान्तिपथ


चितवन- पन्चकन्या सामुदायिक वन उपभोक्ता समूह र चतुर्मुखी सामुदायिक वन उपभोक्ता समूहको सीमास्थित खगेडी खोलानजिक भेल्दार घारीमा शुक्रबार गैँडा मृत अवस्थामा फेला परेको छ ।

अन्दाजी ४/५ वर्षको गैँडा आपसमा जुध्दा घाइते भएको र तत्पश्चात बाघको आक्रमणमा परेको अनुमान गरिएको छ ।

मृत फेला परेको उक्त गैँडाको शरीरका अंगहरु छुट्टिएको अवस्थामा भए पनि खाग, खुर र खप्परलगायतका सबै अंग सबै सुरक्षित रहेको जनाइएको छ ।

मृत फेला परेको सो गैँडा झण्डै दुई महिनाअगाडि नै मरेको हुनसक्ने अनुमान गरिएको डिभिजन वन कार्यालय चितवनले जनाएकाे छ।।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत