बुधबार, चैत्र २५, २०८२

प्रदेश नं १ का पहाडी भागमा आज मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना


कान्तिपथ


मुलुकका केही भूभागमा बल्ल हिजो पानी परेको छ । यसपटकको हिँउदको लामो खडेरीपछि बल्ल पानी परेको हो । दसैंपछिको वर्षाले किसानलाई केही हदसम्म भएपनि राहत भने मिलेको छ ।

तर सबैजसो भूभागमा अझैं पानी पर्न सकेको छैन । प्रदेश नं १ का पहाडी भू-भागका एक-दुई स्थानमा आज मेघ गर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

साथै प्रदेश नं १, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । आज राती प्रदेश नं १ र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही देशका बाँकी भू-भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ ।

प्रदेश नं १ र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा भने हल्का हिमपातको सम्भावना रहेको छ ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत