शुक्रबार, चैत्र २७, २०८२

तेश्रो कार्यकालको लागि चीनको राष्ट्रपतिमा सी निर्वाचित


कान्तिपथ


चिनियाँ संसदले सी चिनफिङलाई तेस्रो कार्यकालका लागि राष्ट्रपति चुनेको छ। शुक्रबार नेशनल पिपुल्स कंग्रेसले मतदानमार्फत् चिनियाँ कम्युनिष्ट पार्टीका महासचिव चिनफिङलाई तेस्रो कार्यकालका लागि राष्ट्रपति चुनेको समाचार संस्था रोयटर्सले जनाएको छ।

राष्ट्रपतिका लागि चिनफिङ एक्ला उम्मेदवार थिए। संसदका तीन हजार बढी सदस्यले विद्युतीय मतदान गरेका थिए। मतदान गर्न एक घन्टा लागेको थियो भने गणना सुरू भएको १५ मिनेटमै अन्तिम नतिजा सार्वजनिक भएको थियो।

गणतान्त्रिक चीनमा माओ त्सेतुङ पछि तेस्रो कार्यकाल राष्ट्रप्रमुख बन्ने सी पहिलो व्यक्ति हुन्। यसअघि चिनियाँ संविधानमै दुई कार्यकालभन्दा बढी पार्टीको महासचिव र राष्ट्रपति बन्न नपाइने व्यवस्था गरिएको थियो।

६९ वर्षीय सी फेरि राष्ट्रपति बन्छन् भन्ने कुरा गत अक्टोबरमा भएको चिनियाँ कम्युनिष्ट पार्टीको अधिवेशनबाट नै टुंगो भएको थियो। त्यतिबेला उनी तेस्रो कार्यकालका लागि महासचिव चुनिएका थिए।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत