बुधबार, चैत्र २५, २०८२

डोटीमा असिनापानीले हिउँदे बालीमा क्षति


कान्तिपथ


डोटी- डोटीमा परेको असिना पानीले किसानले लगाएका अन्नबालीमा क्षति गरेको छ । जिल्लाको बडीकेदार गाउँपालिका–२ खड्यौलीमा बिहीबार परेको असिनापानीले हिउँदे बालीनालीमा ठूलो क्षति पुर्‍याएको हो ।

लामो समयदेखि खडेरी परेको र एक्कासी परेको असिनापानीले गहुँबाली, तरकारी तथा फलफूलखेतीमा क्षति पुर्‍याएपछि किसानहरू चिन्तित बनेका छन् । हिउँदमा पानी नपरेर खडेरीका कारण खासै हुर्कन नपाएको बालीनाली असिनाले सखाप पारेपछि किसानलाई भोकमरी हुने चिन्ता छाएको बडीकेदार गाउँपालिका-२ खड्यौलीका मिन शाहाले बताउनुभयो ।

यो वर्ष समयमै पानी नपर्दा खाद्यान्नको भाउसमेत आकाशिएको र गरिब परिवारलाई भोकमरी टार्न निकै समस्या हुने स्थानीयको भनाई छ । फुलेका सुन्तला, आँपका फुलसहित पात समेत झार्ने गरी परेको असिनाले किसानहरूलाई ठुलो नोक्सानी पुर्‍याएको छ ।

हिउँदमा पानी नपरेर खडेरीका कारण खासै हुर्कन नपाएको बालीनाली असिनाले क्षति पुर्‍याएको हो । बडीकेदार गाउँपालिकाको खड्यौली, टिमुट, चिन्ने, अत्रकाँडा, बाग्छेडा, काउलेबजार लगाथतका स्थानमा असिनापानिले क्षति गरेको प्रहरी चौकि खड्यौलीका प्रमुख भास्कर पन्तले जानकारी दिनुभयो ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत