शनिबार, चैत्र २८, २०८२
  • गृहपृष्‍ठ
  • बिश्व
  • चीनविरुद्ध जासुसी गरेको अभियोगमा अमेरिकी नागरिकलाई आजीवन कारावास

चीनविरुद्ध जासुसी गरेको अभियोगमा अमेरिकी नागरिकलाई आजीवन कारावास


कान्तिपथ


चीनले जासुसी गरेको आरोपमा ७८ वर्षीय एक अमेरिकी नागरिकलाई आजीवन कारावासको सजाय सुनाएको छ । 

अमेरिकी पासपोर्ट धारक जोन शिङ्ग–वान लेउङ्गलाई जेल सजाय तोकिएपछि बेइजिङ र वासिङ्टनबीचको सम्बन्धलाई थप तनाव उत्पन्न हुने सम्भावना बढेको छ ।

चीनको पूर्वी सहर सुझोउस्थित एउटा अदालतले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “हङकङका स्थायी बासिन्दा लेउङलाई जासुसीगरेको अभियोगमा दोषी ठहर गरिएको छ । उहाँलाई आजीवन कारावासको सजाय सुनाइएको छ र आजीवन राजनीतिक अधिकारबाट बञ्चित गरिएको छ ।

सन् २०२१ को अप्रिलमा सुझोउका अधिकारीहरूले ७८ वर्षीय लेउङविरुद्ध “कानुनी कदम चालेका’ विज्ञप्तिमा जनाइएको छ । पक्राउ पर्दा लेउङ कहाँ बस्दै आउनुभएको थियो भन्ने स्पष्ट भइसकेको छैन ।

बेइजिङस्थित अमेरिकी दूतावासका प्रवक्ताले सुझोउमा हालै एक अमेरिकी नागरिकलाई दोषी ठहर गर्दै सजाय सुनाइएको खबरबारे आफूहरू जानकार रहेको बताउनुभयो । विदेश मन्त्रालयका प्रवक्ताले भन्नुभयो, “विदेश मन्त्रालयले विदेशमा रहेका अमेरिकी नागरिकको सुरक्षाभन्दा ठूलो प्राथमिकता अरू केही छैन । 

“गोपनीयताको विचारको कारण, हामीसँग थप टिप्पणी छैन । अदालतको बयानले आरोपहरूको बारेमा थप विवरण दिएको छैन ।

चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता वाङ वेनबिनले सोमबार नियमित पत्रकार सम्मेलनमा यस विषयमा थप टिप्पणी गर्न अस्वीकार गर्नुभयो । 



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत