बिहिबार, बैशाख ३१, २०८३
  • गृहपृष्‍ठ
  • अपराध
  • लामिछानेको मुद्दामा पीडित किशोरीको जन्मदर्तासम्बन्धी कागज मगाउने आदेश

लामिछानेको मुद्दामा पीडित किशोरीको जन्मदर्तासम्बन्धी कागज मगाउने आदेश


कान्तिपथ


काठमाडौं- जिल्ला अदालत काठमाडौँले क्रिकेटर सन्दीप लामिछानेविरुद्ध दायर भएको जबर्जस्ती करणीको मुद्दामा पीडित किशोरीको जन्म दर्तासम्बन्धी कागज मगाउने आदेश गरेको छ ।

न्यायाधीश फणिन्द्रप्रसाद पराजुलीको इजलासले यसअघि मगाएको कागजमा प्रस्टता नदेखिएको उल्लेख गर्दै पुनः माग गर्ने आदेश गरेको हो । लामिछानेको मुद्दा फैसलाका लागि पेसी चढ्दै आएको छ ।

लामिछानेविरुद्ध नाम परिर्वतन (गौशाला) ले जबर्जस्ती करणीको जाहेरी दिएकी थिइन् । लामिछानेले नाबालिगलाई जबर्जस्ती करणी गरेको अभियोगमा १० देखि १२ वर्ष कैद र क्षतिपूर्तिको मुद्दामा गरिएको छ ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत