बिहिबार, बैशाख ३१, २०८३

लमजुङ कारागारबाट पर्खाल नाघेर दुई कैदी बन्दी फरार


कान्तिपथ


लमजुङ- जिल्ला कारागार लमजुङबाट दुई जना कैदी फरार भएका छन् । सदरमुकाम बेसीशहरस्थित जिल्ला कारागारबाट रातको समयमा उत्तर पश्चिम तर्फको पर्खाल नाघेर दुई जना कैदी फरार भएका हुन् ।

भाग्ने कैदीमा गोरखा चुमनुब्री गापा– ३ का चन्द्र बहादुर गुरुङ र मध्यनेपाल नपा–४ लमजुङका विनोद विक रहेको कारागार प्रमुख कमलपति अधिकारीले बताए । उनिहरु राती करिव २ वजे प्रहरी सिफ्ट परिवर्तन हुने समयमा भागेका हुन् ।

विक जबर्जस्ती करणी र डाँका चोरी मुद्धामा र गुरुङ ठगी मुद्धामा कारागार चलान भएका थिए । कैदी फरार भएलगत्तै प्रहरीले खोजीकार्य तीव्र पारेको जनाएको छ ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत