बुधबार, चैत्र २५, २०८२

यसवर्ष देशभरको तापक्रम ३ देखि ५ डिग्री सेल्सियस बढ्ने सम्भावना


कान्तिपथ


काठमाडौं- जनकपुरको अधिकतम तापक्रम ४१ डिग्री सेल्सियस पुगेको छ । यस्तै राजधानी काठमाण्डौको तापक्रम ३२ डिग्री पुगेको छ । केही दिनयता काठमाडौं उपत्यकालगायत देशभरको तापक्रम बढिरहेको छ ।

तापक्रम बढ्ने क्रम अझै केही दिन जारी रहने जल तथा मौसम विज्ञान विभाग जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । काठमाडौंमा विगतका वर्षहरूमा जुन महिनामा सरदर तापक्रम २९.२ डिग्री सेल्सियस मात्र हुनेगरेकोमा यस पटक बढेर ३२ डिग्री सेल्सियस पुगिसकेको छ । यो अझै बढ्ने क्रममै रहेको मौसमविदहरुको आकलन छ ।

उपत्यकाको तापक्रम बढेर ३४ देखि ३५ डिग्री सेल्सियससम्म पुग्ने सम्भावना रहेको मौसम विभागको भनाई छ । जल तथा मौसम विज्ञान विभाग स्थापना भएपश्चात् निरन्तर तापक्रम मापन हुँदैआएकोमा काठमाडौंमा सबैभन्दा बढी तापक्रम ३५.२ डिग्री सेल्सियस मापन गरिएको तथ्याङ्क छ ।

सन् २०१२ जुन १३ मा अहिलेसम्मकै उच्च ३५.२ डिग्री सेल्सियस तापक्रम मापन गरिएको थियो । यसवर्ष पनि काठमाडौंमा सोही हाराहारीको तापक्रम पुग्ने सम्भावना रहेको विभागको भनाइ छ ।

यसवर्ष देशको सबै क्षेत्रको तापक्रम सरदरभन्दा ३ देखि ५ डिग्री सेल्सियस बढ्ने सम्भावना रहेको विभागको आंकलन छ । अहिले पश्चिमी बायु र स्थानीय वायुको प्रभाव नरहेका कारण तत्काल पानी पर्ने सम्भावना नरहेको मौसम विभागले जनाएको छ ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत