बिहिबार, बैशाख ३१, २०८३

भारतबाट ल्याएको अवैध मलसहित ट्रक पक्राउ


कान्तिपथ


पाल्पा- पाल्पामा भारतबाट ल्याएको अवैध मलसहितको ट्रक प्रहरीले नियन्त्रणमा लिएको छ । रम्भा गाउँपालिका वडा नं १ हुँगीमा अवैधानिक युरिया मल सहित ट्रक पक्राउ परेको हो ।

जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार भारतको जनउर्वरक परियोजना भारत लेखिएको बील भरपाई र पास नभएको ३ सय ७२ बोरा युरिया मल प्रहरीले खानतलासीको क्रममा बरामत गरेको हो ।

चेकिङ डियूटिमा रहेको हुँगी प्रहरीले नवलपरासीबाट पाल्पा आउँदै गरेको ट्रकमा प्रहरी खानतलासीको क्रममा लु २ ख ३८१ नम्बरको ट्रकलाई चेकजाँच गर्दा उक्त ट्रकमा अवैध मल भेटिएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी वीरेन्द्र थापाले बताउनुभयो । मल, ट्रकसहित चालकलाई नियन्त्रणमा लिएर थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत