बुधबार, चैत्र २५, २०८२

मनसुनी देशभर फैलिएसँगै विभिन्न स्थानमा भारी वर्षा


कान्तिपथ


काठमाडौं। मनसुनी प्रणाली देशभर फैलिएसँगै विभिन्न स्थानमा भारी वर्षा भएको छ । गत जेठ ३१ गते नेपाल प्रवेश गरेको यस वर्षको मनसुनी प्रणाली देशभर फैलिएको हो ।

यस वर्ष कोशी, मधेस र गण्डकी प्रदेशको पूर्वी भू–भाग र बागमती प्रदेशका अधिकांश भू–भागबाट मनसुनी प्रणाली प्रवेश गरेको थियो । कोशी, बागमती, मधेश, गण्डकी, कर्णाली तथा सुदुरपश्चिम प्रदेशका केही स्थानहरुमा आज भारी वर्षाको सम्भावना रहेको छ ।

अन्य प्रदेशका केही स्थानहरुमा पनि मेघ-गर्जन चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । हाल देशमा मनसुनी वायुको साथै भारतको उत्तर प्रदेश आसपास रहेको न्यून चापिय प्रणालीको पनि प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

यसैबीच मकवानपुरको भोर्लेनी र आसपासको क्षेत्रमा भारी वर्षा मापन भएको छ । यस्तै कास्कीको पोखरा, छोमरोङ, जुम्लेटी लगाएत क्षेत्रहरूमा पनि भारी वर्षा मापन भएको छ ।

मोदी खोला, मार्दी खोला लगायत सो क्षेत्र भइ बहने स-साना खोलाहरूमा आकस्मिक बहाव हुने सम्भावना रहेकाले तटीय क्षेत्रहरूमा उच्च सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत