बुधबार, चैत्र २५, २०८२
  • गृहपृष्‍ठ
  • बिश्व
  • अमेरिकामा पछिल्लो दुई सातायता अत्यधिक गर्मी, तापक्रम वृद्धिको नयाँ रेकर्ड

अमेरिकामा पछिल्लो दुई सातायता अत्यधिक गर्मी, तापक्रम वृद्धिको नयाँ रेकर्ड


कान्तिपथ


काठमाडौं। अमेरिकामा पछिल्लो दुई सातादेखि अत्याधिक गर्मी बढेको छ । अमेरिकाको दक्षिण-पश्चिमी क्षेत्र लुको खतरनाक स्तर पुग्ने चेतावनी जारी गरिएको छ । अत्यधिक गर्मीबाट झण्डै ११ करोड अमेरिकी प्रभावित भएका छन् ।

फ्लोरिडादेखि क्यालिफोर्निया र वासिङ्टनसम्म पनि गर्मीको लहर चलेको छ । ३८ भन्दा बढी शहरमा तापक्रम वृद्धिले नयाँ रेकर्ड कायम गर्न सक्ने अनुमान गरिएको छ । लस भेगासमा तीव्र गर्मीको लहरले शहरको उच्च रेकर्ड ४७ दशमलब २ डिग्री सेल्सियसलाई तोड्ने चेतावनी मौसमविद्हरुले दिइरहेका छन् ।

संसारकै सबैभन्दा तातो ठाउँहरू मध्येको एक क्यालिफोर्नियाको डेथ भ्यालीमा आइतवार ५३ दशमलब ९ डिग्री सेल्सियस तापक्रम पुगेको छ । यो पृथ्वीकै सबैभन्दा तातो तापक्रम मापन हो ।

गर्मीकै कारण लास भेगासका प्राय: भीडभाड भएका सडकहरू सामान्य भन्दा धेरै खाली भएका छन् । अध्यधिक गर्मीका कारण चिसो खोज्दै होटेलका झरना तथा स्वीमिङ पुलहरुमा मानिसहरुको भीड लागेको छ ।

लस भेगास र नवाडा जस्ता ठाउँहरूमा केही दिनमा तापक्रम ४७ डिग्री सेल्सियससम्म पुग्न सक्ने अनुमान गरिएको छ । अमेरिकामा हरेक वर्ष गर्मीका कारण करिब ७०० जनाको मृत्यु हुने गरेको छ ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत