बुधबार, चैत्र २५, २०८२

यसवर्षको जुलाई महिना विश्वकै सर्वाधिक तातो महिना हुने


कान्तिपथ


विश्व तापमानमा आएको अस्वाभाविक वृद्धिसँगै जुलाई महिना विश्वको सबैभन्दा तातो महिना हुने निश्चित भएको वैज्ञानिकहरूले बताएका छन् ।

हालै तापक्रममा आएको वृद्धिले यसअघिका धेरै रेकर्डहरु भत्किने अनुसन्धानकर्ताहरुको विश्लेषण छ । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेर्रेसले पृथ्वी तात्ने मात्र नभै उम्लिने दिशातर्फ उन्मुख भएको टिप्पणी गर्नुभएको छ ।

अमेरिकी राष्ट्रपति जो बाइडेनले जलवायु परिवर्तनलाई “अस्तित्वको खतरा” को रूपमा वर्णन गर्दै “अब कसैले पनि जलवायु परिवर्तनको प्रभावलाई अस्वीकार गर्न नसक्ने बताउनु भएको छ ।

यस वर्षको जुलाई महिना विगत १ लाख २० वर्ष यताकै सबैभन्दा तातो महिना हुन सक्ने पनि कतिपय अनुसन्धानकर्ताहरुको राय छ । यस किसिमको गर्मी मुख्यरूपमा जीवाश्म ईन्धनको प्रयोगका कारण भएको धेरैको विश्वास छ ।

कोपर्निकस क्लाइमेट चेन्ज सर्भिसका अनुसार विश्वको सबैभन्दा तातो दिन जुलाई ६ रहेको र जुलाइकै अन्य २३ दिनमा पनि तापक्रम उच्च रेकर्ड गरिएको थियो ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत