बुधबार, बैशाख ९, २०८३

स्रोत नखुलेको १८ लाख बरामद गर्दा आक्रमण


कान्तिपथ


काठमाडौँ । बाँकेको जमुनाह भन्सार चेकपोस्ट नजिकैबाट स्रोत नखुलेको रकम बरामद गर्दा राष्ट्रिय अनुसन्धान विभागका सूचकमाथि कुटपिट भएको छ ।

बुधवार साँझ नेपालगन्ज उपमहानगरपालिका–१५ बाट सूचक अर्जुन खड्काले १८ लाख बरामद गरेका हुन् ।

तर, बरामद रकम नेपालगन्ज–४ स्थित ‘एसएन ब्लु गेमिङ क्लब’का महाप्रबन्धक अर्जुन खनालले चेकपोस्टमा खटिएका प्रहरीकै सामुन्ने खोसेर लगेको आरोप छ ।

नगद खोसेर लिएपछि क्यासिनोका महाप्रबन्धक खनालसहितको समूहले सूचकलाई कुटपिट गरेका छन् । आक्रमणमा नेकपा एमाले बाँकेका उप–सचिव किशोर थापा पनि संलग्न रहेको आरोप छ ।

उनीहरुले सूचकलाई बोतल र फलामको कुर्सी प्रहार गरेका हुन् ।

सूचक खड्काको टाउकोमा ११ वटा टाँका लगाइएको छ ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत