बुधबार, बैशाख ९, २०८३

नमस्ते सहकारीका ८ जनाविरुद्ध पक्राउ पुर्जी


कान्तिपथ


काठमाडौँ । काठमाडौँको तिनकुनेस्थित नमस्ते बचत तथा ऋण सहकारीका ८ जनालाई पक्राउ गर्न अदालतले पक्राउ पुर्जी जारी गरेको छ ।

काठमाडौँ जिल्ला अदालतले उनीहरुविरुद्ध पक्राउ पुर्जी जारी गरेको हो ।

नमस्तेका अध्यक्ष रविन्द्र थापा, श्रद्धा मगर, सुधन पाण्डेय, जानुका सुवेदी, शनी शाक्य, दिनेश राज सिग्देल, श्रवण मगर र अर्जुन भट्टराईविरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।

नमस्ते बचत तथा ऋण सहकारीका प्रबन्धक गणेश सिजापति कारागारमा छन् ।

२०८० माघमा उनलाई इन्टरपोलको सहयोगमा प्रहरीले नेपाल ल्याएर मुद्दा चलाएको थियो ।

सञ्चालकहरूले करिब ५ करोड रकम अपचलन गरेको पीडितहरू बताउँछन् ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत