बुधबार, बैशाख ९, २०८३

दुई चाेर पक्राउ


कान्तिपथ


काठमाडौं । काठमाडौं महानगरपालिका-१ ज्ञानेश्‍वर भैरव मार्ग डेरा गरी बस्ने राजु नेपालीको कोठाबाट सुनको गरगहना र नगद चोरी भएको घटनामा संलग्न रहेको अभियोगमा २ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा धनुषा घर भएका ३८ वर्षीय दिपक खड्का र मकवानपुर घर भई काठमाडौं मरूहीटि बस्ने २७ वर्षीय निरज विक रहेका छन् ।

नेपालीको कोठाबाट गत सोमबार उक्त धनमाल चोरी भएको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी परिसर काठमाडौं र प्रहरी वृत्त मालीगाउँबाट खटिएको प्रहरीले अनुसन्धानको क्रममा उनीहरूलाई काठमाडौं न्यूरोडबाट पक्राउ गरेको हो ।

प्रहरीले उनीहरूको साथबाट सुनको जस्तो देखिने औंठी ३ थान, सिक्री २ थान, टप १ थान, ब्रास्लेट १ थान, तिलहरी १ थान, पोते सहितको माला १ थान, चाँदीको जस्तो देखिने पाउजु २ थान, मोबाइल १ थान र उनीहरूले प्रयोग गरेको बा.७९ प ७७६४ नम्बरको स्कुटर १ थान समेत बरामद गरेको छ ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत