बुधबार, बैशाख ९, २०८३
  • गृहपृष्‍ठ
  • अपराध
  • सहकारी ठगी गरी फरार भएका जिबी राईलाई मलेसियाबाटै पक्राउ गर्ने तयारी

सहकारी ठगी गरी फरार भएका जिबी राईलाई मलेसियाबाटै पक्राउ गर्ने तयारी


कान्तिपथ


काठमाडौ । सहकारी ठगी गरी मलेसियामा लुकेर बसेका जिबी राईलाई पक्राउ गर्ने सरकारले अन्तिम तयारी गरेको छ । यसका लागि प्रहरी प्रधान कार्यालयले गृह मन्त्रालयलाई पत्राचार गर्दै नेपाल प्रहरीका दुई अधिकृत मलेसिया पठाउनेबारे सहजीकरण गरिदिन आग्रह गरेको छ ।
अब राईलाई मलेसियाबाटै पक्राउ गरी नेपाल ल्याई कानुनी दायरामा ल्याउने तयारी भईरहेको हो । यसअघि सरकारले जिबीलाई नेपाल डिपोर्ट गर्न बारम्बार आग्रह गरेपनि त्यसलाई मलेसियाले वेवास्ता गरेपछि अब प्रहरी अधिकृत नै पठाएर पक्राउ गर्न लागिएको हो । यसको पुष्टि प्रहरी महानिरिक्षक वसन्त कुँवरले पुष्टि गरेका छन् । ‘नेपाल प्रहरीको टोली मलेसिया पठाउन भनेर पत्राचार गरेका छौं,’ ‘यसबारे पहल भइरहेको छ, त्योभन्दा बढी अहिले भन्ने अवस्था छैन ।’आईजी कुँवरले भने ।
रेडकर्नर नोटिस जारी भैसक्दा पनि जिबी राईलाई पक्राउ नगरेकोमा सरकारको चर्को आलोचना भैरहेको थियो ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत