शुक्रबार, चैत्र २७, २०८२

पूर्वराष्ट्रपति अल्बेर्तोको मृत्युु


कान्तिपथ


लिमा । पेरुका पूर्व राष्ट्रपति अल्बेर्तो फुजिमोरीको निधन भएको छ । ८६ वर्षको उमेरमा फुजिमोरीको निधन भएको उनकी छोरीले पुष्टी गरेकी छिन् । उनीमाथि मानवअधिकार दूरुपयोग र भ्रष्टाचार अभियोग लागेको थियो । फुजिमोरीले सन् १९९० देखि सन् २००० को बीचमा पेरुमा शासन गरेका थिए ।

भ्रष्टाचारको आरोपपछि उनी सत्ताच्यूत भएका थिए । वामपन्थी छापामार विद्रोहीविरुद्ध उनको कठोर धारणाका कारण पनि राष्ट्रपति छँदा उनीमाथि मानव अधिकार दुरुपयोगका आरोप लागेको थियो । तर उनका समर्थकहरुले भने विद्रोहीहरुलाई दबाएको भन्दै प्रशंसा गर्ने गरेका  थिए । उनी देश छाडेर भागे पनि अन्ततः समातिएर सुपर्दगी गरिए ।

सामाजिक सञ्जालमा फुजिमोरीकी छोरीले क्यान्सरसँगको लामो लडाईंमा पिताले हारेको भन्दै सामाजिक सञ्जालमा पोष्ट गरेकी छिन् । उनी जिब्रोको क्यान्सरका कारण मरेको फुजिमोरीका डाक्टरले पुष्टि गरेका छन् । १५ वर्षभन्दा बढी समयसम्म जेलमा बसेपछि गत वर्ष डिसेम्बरमा फुजिमोरीलाई लिमाको बार्बाडिलो जेलबाट रिहा गरिएको थियो । एजेन्सी



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत