शुक्रबार, चैत्र २७, २०८२

विमानस्थलनजिकै विस्फोट, २ जनाकाे मृत्यु


कान्तिपथ


काठमाडौँ । पाकिस्तानको कराँचीस्थित अन्तर्राष्ट्रिय विमानस्थलनजिकै आइतबार राति भएको विस्फोटमा दुई चिनियाँ नागरिकको मृत्यु भएको छ ।

यस घटनामा एक चिनियाँ नागरिक पनि घाइते भएका छन् ।

यस घटनामा चीनले विज्ञप्ति जारी गर्दै भनेको छ, ‘पाकिस्तानको कराँची अन्तर्राष्ट्रिय विमानस्थल नजिकै भएको आतंकवादी हमलामा हाम्रा दुई नागरिकको मृत्यु भएको छ ।’ चिनियाँ दूतावासले पनि आफ्नो विज्ञप्तिमा धेरै स्थानीय घाइते भएको उल्लेख गरेको छ ।

यस घटनाको जिम्मेवारी पाकिस्तानको पृथकतावादी समूह ‘बलोच लिबरेशन आर्मी’ले लिएको छ । समूहले चिनियाँ इन्जिनियर र लगानीकर्तालाई निशाना बनाएको बताएको छ ।

घटनास्थलमा पुगेका कराँची प्रहरीका प्रवक्ता गुलाम महेसरले पत्रकारहरूलाई भने कि विस्फोटले इन्धन ट्याङ्करमा पनि आगो लगाएको छ र नजिकैका धेरै सवारीसाधनहरू जलेको छ ।

यो घटनापछि सांघाई सहयोग संगठनका नेताहरुको शिखर सम्मेलन आयोजना गर्ने तयारीका कारण पाकिस्तानमा सुरक्षा व्यवस्था कडा पारिएको छ ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत