बुधबार, चैत्र २५, २०८२

दसैँमा कोशी प्रदेशमा २६९ सवारी दुर्घटना, १४ जनाको मृत्यु


कान्तिपथ


दसैँमा कोशी प्रदेशमा २६९ वटा सवारी दुर्घटना हुँदा १४ जनाको मृत्यु भएको छ।

नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरी सुनसरीले बिहीबार पत्रकार सम्मेलन आयोजना गरी दसैँको अवधिमा कोशी प्रदेशमा दुई सय ६९ वटा सवारी दुर्घटना हुँदा १४ जनाको मृत्यु भएको जनाएको छ ।

घटस्थापनादेखि असोज २९ गतेसम्म भएको दुर्घटनामा १३ पुरुष र एकजना महिलाको मृत्यु भएको सुनसरीका प्रमुख प्रहरी उपरीक्षक विनोद घिमिरेले जानकारी दिए। दुर्घटनामा सबैभन्दा बढी मोरङमा र सबैभन्दा कम धनकुटा र खोटाङमा मृत्यु भएको उनले बताए। प्रहरी उपरीक्षक घिमिरेका अनुसार मोरङमा ९५ ठाउँमा दुर्घटना हुँदा पाँचजनाको मृत्यु भएको छ भने १६ जना घाइते भएका छन् ।

सुनसरीमा ६५ ठाउँमा सवारी दुर्घटना हुँदा चारजनाको मृत्यु भएको छ भने सातजना घाइते भएका छन्। झापामा ७२ वटा दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको छ।

त्यसैगरी, धनकुटा र खोटाङमा एक–एकजनाको मृत्यु भएको छ। बाह्र दिनमा सात हजार ५९१ वटा सवारी कारबाहीमा परेका छन् भने रु. ५१ लाख ९५ हजार पाँच सय राजस्व संकलन भएको छ । आर्थिक वर्ष ०७९/८० मा कोशी प्रदेशमा दसैँका वेलामा ६ दिनमा १३५ वटा सवारी दुर्घटना भएको थियो ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत