मङ्लबार, बैशाख ८, २०८३
  • गृहपृष्‍ठ
  • समाज
  • बलात्कार आरोपमा पक्राउ परेका सशस्त्रका जवान मगरद्वारा हिरासतभित्रै आत्महत्या

बलात्कार आरोपमा पक्राउ परेका सशस्त्रका जवान मगरद्वारा हिरासतभित्रै आत्महत्या


कान्तिपथ


काठमाडौं। बलात्कार आरोपमा पक्राउ परेका एक जना शसस्त्र प्रहरीले प्रहरी हिरासतमै आत्महत्या गरेका छन्।

जिल्ला प्रहरी कार्यालय दाङका अनुसार घोराहीस्थित वडा प्रहरी कार्यालयको नियन्त्रणमा रहेका रेवन पचभैया मगरले आत्महत्या गरेका हुन्।

वडा प्रहरी कार्यालयको शौचालय भित्र उनले झुण्डिएर आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालयका प्रमुख, एसपी अर्जुन तिमिल्सिनाले जानकारी दिए।

सोमवार बिहान आफूले लगाएको कपडाले घाटीमा पासो लगाएका थिए।

गत असोज २४ मा भलुबाङका १४ र ८ बर्षीया दुई बालिकालाई बलात्कार गरेको आरोपमा भालुबाङस्थित सशस्त्र प्रहरी बल ज्वाला माइगणका दुई प्रहरी नियन्त्रणमा थिए।

जिल्ला प्रहरी कार्यालयका अनुसार उनिहरुले बयानमा गल्ती स्विकार समेत गरिसकेका छन्।

दाङको २९ नं. ज्वालामाई गणमा कार्यरत जवान पचभैया र सहायक हवल्दार भरत रोका मगर पक्राउ परेका थिए।

पक्राउ पछि उनीहरुले प्रहरीको बयानमा आरोप स्वीकार गरिसकेका थिए।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत