मङ्लबार, बैशाख ८, २०८३

जुवातास खेलिरहेको अवस्थामा १४ जना पक्राउ


गणेश विक


सुनसरी। इटहरी उपमहानगरपालिका-६ स्थित गजुरमुखी होटलमा जुवातास खेलिरहेको अवस्थामा होटल संचालक सोही उपमहानगरपालिका-४ बस्ने ३५ वर्षीय नवीन पुरी समेत ६ जनालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय इटहरीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद २ लाख २८ हजार ५ सय रूपैयाँ र ३० बुक तास सहित पक्राउ गरेको हो ।

दाङ, तुलसीपुर उपमहानगरपालिका-१० पड्डा डेरा गरी बस्ने सोही उपमहानगरपालिका-६ घर भएका ५९ वर्षीय चेत लाल बुढाथोकीको कोठामा जुवातास खेलिरहेको अवस्थामा चेतलाल समेत ८ जनालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । 

इलाका प्रहरी कार्यालय तुलसीपुरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख ११ हजार ७ सय १० रूपैयाँ, ६ सय १८ पत्ता तास र कौडा १६ थान सहित पक्राउ गरेको हो । 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 


सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत