शुक्रबार, चैत्र २७, २०८२

बायु प्रदुषण गर्ने दिल्लीका सवारीलाई १६४ करोड जरिवाना


कान्तिपथ


दिल्ली ट्राफिक पुलिस लगातार प्रदूषण नियन्त्रण गर्न काम गरिरहेको छ। 

ट्राफिक प्रहरीले प्रदूषण नियन्त्रण प्रमाणपत्र (पीयूसी) बिना चल्ने सवारी साधनमाथि अहिले निकै कडाई गरिरहेको छ । 

ट्राफिक प्रहरीको तथ्यांकअनुसार अक्टुबर १ देखि नोभेम्बर २२ सम्म अर्थात् ५३ दिनमा १ लाख ६४ हजार सवारीसाधनमा १६४ करोड भारतीय रुपैयाँ राजश्व संकलन गरिएको छ ।

नोभेम्बर १८ देखि ग्रेप ४ लागू भएपछि हालसम्म २० हजार ७४३ चलान जारी गरिएको छ। यसबाहेक ७ सय ३६ पुराना सवारीसाधन नियन्त्रणमा लिएका छन् । १३ हजार ७२६ गैर लक्ष्य ट्रकलाई अक्टोबर १५ सम्ममा  दिल्ली सीमाबाट फिर्ता गरिएको थियो।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत