मङ्लबार, बैशाख ८, २०८३

काठमाडौँबाट हुण्डी कारोबारमा संलग्न ४ जना पक्राउ


गणेश विक


काठमाडौँ । हुण्डी कारोबारमा संलग्न ४ जनालाई प्रहरीले काठमाडौँबाट पक्राउ गरेको छ।

काठमाडौँ महानगरपालिका–९ एयरपोर्ट शम्भुमार्ग क्षेत्रबाट प्रहरी वृत्त गौशालाबाट खटिएको टोलीले उनीहरूलाई पक्राउ गरेको हो।

पक्राउ पर्नेमा काठमाडौँ–३२ दोभानपुल बस्ने ४६ वर्षीय राजकुमार माली, काठमाडौँ–१० नयाँ बानेश्वरका १८ वर्षीय आवाद सिंह, झापा विर्तामोड–५ का २७ वर्षीय युवराज सुवेदी र झापा अर्जुनधारा–७ घर भई हाल काठमाडौँ–७ बस्ने ३२ वर्षीय प्रवेशकुमार पौडेल रहेका छन्।

उनीहरूको साथबाट स्रोत नखुलेको ६८ लाख नगद, रकम उल्लेख गरिएका पाँच थान चेक, क्रेटा कारलगायतका समान बरामद गरिएको प्रहरीले जनाएको छ।

शम्भुमार्गमा प्रदेश ३–०१–०२२ च १९७२ नम्बरको कारमा हुण्डी कारोबार भइरहेको गोप्य सूचनाको आधारमा प्रहरीले चेकजाँच गरेको थियो।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत