शुक्रबार, चैत्र २७, २०८२

मुम्बई डुंगा दुर्घटनामा मृत्यु हुनेको संख्या १५ पुग्यो


गणेश विक


काठमाडौँ । मुम्बई डुंगा दुर्घटनामा मृत्यु हुनेको संख्या १५ पुगेको छ । मृत्यु हुनेमा आठ पुरुष, चार महिला र तीन बालबालिका रहेका छन् । यस दुर्घटनामा दुई जना अझै बेपत्ता छन् ।

गत बुधबार भएको दुर्घटनाको जानकारी दिँदै महाराष्ट्रका मुख्यमन्त्री देवेन्द्र फडणवीसले दुर्घटनामा यस अघि १३ जनाको मृत्यु भएको बताएका थिए । उनले मृतकका परिवारलाई ५/५ लाख रुपैयाँ आर्थिक सहयोग गर्ने घोषणा समेत गरेका थिए ।

प्रधानमन्त्री कार्यालयले मृतकका परिवारलाई प्रधानमन्त्री राहत कोषबाट दुई लाख रुपैयाँ आर्थिक सहयोग गर्ने घोषणा गरेको थियो । त्यस्तै घाइतेलाई ५० हजार रुपैयाँ सहयोग गरिने बताएको थियो ।

नौसेनाको स्पीडबोट फेरीसँग ठोक्किएपछि यो दुर्घटना भएको थियो । यो डुंगा मुम्बईको गेटवे अफ इन्डियाबाट एलिफेन्टा आइल्याण्ड जाँदै थियो, जसमा करिब ८० जना सवार थिए ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत