मङ्लबार, बैशाख ८, २०८३

नेपाल प्रहरीका १० जना डीएसपीको सरुवा


गणेश विक


प्रहरी प्रधान कार्यालयले १० जना डिएसपीको काज सरुवा गरेको छ ।

रिक्त रहेका कार्यालयहरूमा काज सरुवा गरेकाे हो । 

दोलखामा डिएसपी ज्ञानकुमार महतो, रसुवामा हेमबहादुर शाही, महराजगन्ज वृत्तमा निरञ्जन थापा, जनसेवा वृत्तमा कृष्ण चन्द, इलाका प्रहरी कार्यालय, बुटवलमा इन्द्र राना तथा इलाका प्रहरी कार्यालय गजुरीमा विकास थापालाई खटाइएको छ । त्यस्तै, इलाका प्रहरी कार्यालय काँकडभिट्टामा राजन लामाको सरुवा भएको छ । 

काँकडभिट्टाका मिम लामाको मानव स्रोत विकास विभाग, रसुवाका केशव भट्टराईको प्रधानमन्त्री कार्यालय तथा बुटवलमा विजयराज पण्डितको प्रदेश प्रहरी कार्यालय पोखरामा सरुवा भएको छ । त्यस्तै, जिल्ला प्रहरी कार्यालय झापामा खगेन्द्र खड्का तथा चितवनमा रवीन्द्र खनाललाई पठाइएको छ । 



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत