मङ्लबार, बैशाख ८, २०८३

शक्त्ति टकराबका कारण इन्स्पेक्टर बढुवामा अन्योल


गणेश विक


काठमाडौं । नेपाल प्रहरी तर्फ रिक्त ५० इन्स्पेक्टर पद बढुवा सिफारिस अन्योलमा परेको समाचार प्राप्त भएको छ ।

अति ‘विशिष्ट’, ‘विशिष्ट’ व्यक्ति अर्थात भीभीआईपी र भीआईपीको सुरक्षार्थ खटिएका वरिष्ठ सई कारण अन्योलमा परेको हो ।

रिक्त ५० इन्स्पेक्टरका लागि पछिल्लो ब्याजीले शक्ति केन्द्रबाट दबाव बढाएपछि सिफारिसनै अन्योलमा परेको स्रोतले जनाएको छ ।

मुख्यत: प्रधानमन्त्रीदेखि मन्त्रीहरुसंग रहेका शक्तिकेन्द्रका अंगरक्षक अर्थात पिएसओहरुले आफुहरु जसरी पनि बढुवा सिफारिसमा पर्नु पर्ने भन्दै आइजीपी बसन्त बहादुर कुँवरलाई दबाब बढाएपछि इन्स्पेक्टर बढुवा सिफारिस अन्योलमा परेको हो।

प्रधानमन्त्री केपी ओलीको सुरक्षामा खटिएका वरिष्ठ सई विजय श्रेष्ठ, उपप्रधान तथा अर्थमन्त्री बिष्णु पौडेलका पिएसओ राम बहादुर अधिकारी, परराष्ट्रमन्त्री आरजु राणा देउवाको सुरक्षामा खटिकी पिएसओ रस्मी सिलवाल, गृहमन्त्री रमेश लेखकका पिएसओ रमेश पाण्डे, अख्तियार दुरूपयोग अनुसन्धान आयोग प्रमुखका प्रेम राईका पिएसओ सनम राई, प्रमुख राईका भतिजो बिजय राई लगायतले आफुहरु कुनै पनि हालतमा छुट्न नहुने भन्दै दबाब बढाएकाले सिफारिसनै अलमलमा परेको छ ।

समयमै बढुवा गर्ने मनसायमा रहेका आइजीपी कुँवरले वरिष्ठ सईबाट रिक्त इन्स्पेक्टरको सिफारिस तैयारीनै ओझेलमा परेको चर्चा प्रहरी प्रधानमा चुलिएको छ ।

२०५८ मा भर्ना भएका १०० को हाराहारीमा रहेका वरिष्ठ सईबाट ५० इन्स्पेक्टरका लागि बढुवा सिफारिसको तैयारी गरिरहेका बेला २०६० मा भर्ना भएका असई अर्थात पछिल्लो ब्याचीले अब हुने बढुवा सुचीमा आफुहरु पर्नु पर्ने भन्दै निरन्तर दबाब दिदै आइरहेका छन् ।

२०५८ मा भर्ना भएको ब्याचीलाई संगठनमा द्वन्दकालमा लडेका र दुःखको समयमा खटेको ब्याचीका रुपमा समेत लिईन्छ ।

यो ब्याचीका दुई पटक बढुवा भइसकेका छन् ।

उनीलाई पन्छाएर अर्को ब्याचीलाई बढुवा दिँदा राम्रो सन्देश नजाने भन्दै आइजीपी कुँवरले अडान कायमै राख्दै आएको स्रोतले जनाएको छ ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत