मङ्लबार, बैशाख ८, २०८३

फलाेअप : रिंकु सदा मृत्यु प्रकरणमा ८ जना पक्राउ

गणेश विक

राजेन्द्र महतो, सिरहा। सिरहाको नवराजपुर गाउँपालिका- ०१ भगवतिपुरकी रिंकु कुमारी सदाको सामुहिक बलात्कार र शंकास्पद मृत्यु प्रकरणमा अहिले सम्म आठ जना पक्राउ परेका छन् ।

पक्राउ परेका व्यक्तिहरूलाई आज जिल्ला प्रहरी कार्यालय सिरहाले पत्रकार सम्मेलन गरी सार्वजनिक गरेका छ्न।

पक्राउ पर्नेहरूमा बलात्कारका मुख्य आरोपित रुपेश मण्डल तथा पञ्चायतीमा संलग्न वडासदस्य नथुनी साहसहित स्थानीय रामकृपाल मण्डल, विन्देश्वर साह, राजेन्द्र मण्डल, चन्देश्वर मण्डल, रामविनोद मण्डल र कमलेश दास रहेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी प्रवक्ता तथा डिएसपी विरेन्द्र पासवानले पत्रकार सम्मेलनमा जानकारी गराए।

रुपेश, नथुनी, रामकृपाल र विन्देश्वर पीडित परिवारले दिएको जाहेरीमा नाम किटान गरिएका व्यक्ति हुन् ।

गत माघ २७ गते साँझ शौच गर्न निस्केको बेला रिंकुलाई छिमेकी रूपेश मण्डल, चन्दन साह र रामविनय मण्डलले अपहरण गरी सामुहिक बलात्कार गरेको आरोप छ ।

रिंकु सदा प्रकरण : पञ्चायतीमा संलग्न वडा सदस्यसहित थप ४ जना पक्राउ

अन्य चार जनाको नाम जाहेरीमा किटान नभएपनि उनीहरु पञ्चायतमा पीडित परिवारलाई दबाब दिएको प्रहरी अनुसन्धानबाट खुलेको प्रहरी ले जनाएको छ।

चन्देश्वर, रामविनोद र कमलेश फागुन ११ मा पक्राउ गरेको, बलात्कारका मुख्य अभियुक्त रुपेशलाई माघ २१ मा पक्राउ ग रेको र अन्य चार जनालाई आज बिहान लुकिछिपी बसेको अवस्थामा विभिन्न स्थानबाट पक्राउ गरिएको पत्रकार सम्मेलनमा जानकारी गराए।

घटनामा संलग्न चार जना अझै फरार छन् । उनीहरुको पनि खोजतालस भइरहेको र छिट्टै पक्राउ पर्ने जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।

सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.

सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत