काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयको नेतृत्व सम्हाल्न आएका वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) नवराज अधिकारीले ट्राफिक व्यवस्थापन सुधारसँगै प्रहरी जनशक्तिको मानसिक सन्तुलन र प्रेरणामा आधारित नयाँ कार्यक्रम सुरु गर्ने भएका छन्।
सडकको धुलोमा खटिने ट्राफिक प्रहरीको थकान र मानसिक चापलाई ध्यानमा राख्दै उनले साप्ताहिक हाइकिङ तथा मानसिक रिफ्रेसमेन्ट कार्यक्रम संचालनमा ल्याउने भएका हुन्। यस कार्यक्रमअन्तर्गत ड्युटीपछि ट्राफिक प्रहरीलाई काठमाडौं आसपासका प्राकृतिक स्थलमा लैजाने, टोलीगत रूपमा पदयात्रा गराउने र टोली मनोबल बढाउने उद्देश्य राखिएको छ।
एसएसपी अधिकारी भन्छन्, “बर्दीधारी ट्राफिक प्रहरी सडकमा सबैभन्दा जिम्मेवार र दृढ हुनुपर्छ। त्यसका लागि उनीहरूको मानसिक स्वास्थ्य राम्रो हुनु आवश्यक छ।”
उनको यो पहल प्रहरी संगठनभित्र मात्र होइन, सर्वसाधारणबाट पनि सकारात्मक स्वागत पाएको छ। नेतृत्वमा आएको छोटो अवधिमा नै यस्तो मानव केन्द्रित कार्यक्रम सुरु गर्नु उनको दुरदर्शी सोच, संगठनप्रतिको निष्ठा र जनमैत्री नेतृत्व क्षमतालाई प्रतिबिम्बित गर्छ।
अब उपत्यकाको ट्राफिक व्यवस्थापन सिर्जनात्मक र सन्तुलित सोचसहित अघि बढ्ने आशा थप बलियो बनेको छ।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ