गएराति पहिरो र लेदोका कारण अवरुद्ध भएको वीपी राजमार्ग आज बिहान ८:३५ बजेपछि पुनः सञ्चालनमा आएको छ। काभ्रेको रोशी गाउँपालिका–११ स्थित माम्ती क्षेत्रमा भेलसहितको बाढीले सडक कटान गरेपछि सवारी आवागमन रोकिएको थियो।
त्यस्तै, रोशी–९ को खहरे खोला र विरुवाडाँडामा समेत लेदो झरेर राजमार्ग बन्द भएको थियो। स्थानीय जनप्रतिनिधिहरूको समन्वयमा र प्रहरीको सहयोगमा जेसिभी प्रयोग गरी लेदो पन्छाइदिएपछि अब राजमार्ग दुवैतर्फको सवारीका लागि खुलाइएको धुलिखेल प्रहरी कार्यालयले जानकारी दिएको छ।

देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ