बुधबार, फाल्गुन ६, २०८२

थाइल्यान्ड र कम्बोडियाको तनाव आजबाट हटला ?


कान्तिपथ


थाइल्यान्ड र कम्बोडिया बिहीबारदेखि जारी द्वन्द्व अन्त्य गर्न आज (सोमबार) मलेसियामा वार्ता गर्न सहमत भएका छन्। थाइल्यान्डले कार्यवाहक प्रधानमन्त्री फुम्थम भेचायचाईको नेतृत्वमा रहेको प्रतिनिधिमण्डलले वार्तामा भाग लिने बतएको छ।

थाई सरकारले भनेको छ, मलेसियाले कम्बोडियाका प्रधानमन्त्री हुन मानेट पनि वार्तामा भाग लिने जानकारी गराएको छ।

यसअघि शनिबार अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले दुवै देश तुरुन्तै युद्धविराम गर्न वार्ताका लागि तयार रहेको बताएका थिए।

थाइल्यान्ड र कम्बोडियाबी जुलाई २४ देखि जारी लडाइँमा सैनिक र सर्वसाधारण गरी अहिलेसम्म कम्तीमा ३३ मृत्यु भइसकेको छ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत