अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईलाई ज्यान मार्ने धम्की दिने उग्रवादी समूहका मुख्य व्यक्ति प्रकाश पाठक फिलिपिन्सको राजधानी मनिलामा पक्राउ परेका छन्।
उग्रवादी गतिविधिमा संलग्न रहेको आरोप लागेका पाठकलाई फिलिपिन्स प्रहरी र अन्तर्राष्ट्रिय प्रहरी संगठन (इन्टरपोल) को सहयोगमा नियन्त्रणमा लिइएको हो। प्रहरी स्रोतका अनुसार उनलाई नेपाल ल्याउन आवश्यक प्रक्रिया पूरा गर्न नेपाल प्रहरीको टोली भोलि फिलिपिन्स प्रस्थान गर्ने तयारीमा रहेको छ।
अख्तियार प्रमुखलाई लक्षित गरी गम्भीर धम्की आएपछि सुरक्षा निकायले घटनाको अनुसन्धान तीव्र बनाएको थियो। पक्राउ परेका पाठकलाई नेपाल ल्याएपछि थप अनुसन्धान र कानुनी कारबाही अघि बढाइने प्रहरीले जनाएको छ।

देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ