काठमाडौं । काठमाडौंको महाराजगन्ज र नैकाप क्षेत्रमा दुई वटा सवारी साधनमा आगजनी गरिएको अवस्थामा फेला परेका छन्।
जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवन भट्टराईका अनुसार नैकापमा सिप्रदी ट्रेडिङ्गको कार्यालय नजिकै बा.एए २८३६ नम्बरको टोयोटा कारमा आगजनी गरिएको छ। त्यस्तै, महाराजगन्जस्थित राजधानी पेट्रोल पम्प नजिक बा.७ च १४०१ नम्बरको मारुती भ्यान जलेको अवस्थामा भेटिएको छ।
फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन बिथोल्ने उद्देश्यले सक्रिय समूहले आगजनी गरेको प्रारम्भिक अनुमान गरिएको प्रहरीले जनाएको छ। घटनास्थलबाट मेडिकल व्यवसायी दुर्गा प्रसाईँ समूहसँग सम्बन्धित पर्चासमेत बरामद भएको एसपी भट्टराईले जानकारी दिए।
प्रहरीले घटनाबारे विस्तृत अनुसन्धान अघि बढाएको जनाएको छ।

file photo
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ