सोमवार, चैत्र ३०, २०८२
  • गृहपृष्‍ठ
  • अपराध
  • काठमाडौँमा गुण्डागर्दीविरुद्ध प्रहरीको अपरेसन, १७ जना पक्राउ

काठमाडौँमा गुण्डागर्दीविरुद्ध प्रहरीको अपरेसन, १७ जना पक्राउ


कान्तिपथ


काठमाडौँ — गुण्डागर्दी नियन्त्रण गर्न प्रहरीले विशेष अपरेसन सञ्चालन गर्दै राजधानीका विभिन्न स्थानबाट १७ जनालाई पक्राउ गरेको छ।

उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले ठमेल, दरबारमार्ग र सामाखुसी क्षेत्रबाट १३ जनालाई नियन्त्रणमा लिएको हो। कार्यालयका एसएसपी सन्तोष खड्काका अनुसार पक्राउ परेकामध्ये अधिकांश ‘काभ्रेली समूह’सँग सम्बन्धित रहेका छन्।

पक्राउ पर्नेहरूमा सञ्जि लामा, अशोक गिरी र सुरेश गुरुङ ‘किमजोङ’ लगायत रहेका छन्। गुरुङ गुन्डा नाइके श्याम लामा समूहसँग आबद्ध रहेको प्रहरीले जनाएको छ भने श्याम लामा हाल फरार रहेका छन्।

यस्तै, जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले थप ४ जनालाई पक्राउ गरेको छ। एसपी पवन भट्टराईका अनुसार पक्राउ पर्नेहरूमा प्रवीण तामाङ ‘डिम्पल’, बिर्जु महर्जन, सुजन कार्की र सरु हुमागाईँ रहेका छन्।

प्रहरीका अनुसार प्रवीण तामाङ बौद्ध क्षेत्रमा, बिर्जु महर्जन कालंकी–बाफल क्षेत्रमा, सुजन कार्की कालंकी क्षेत्रमा तथा सरु हुमागाईँ स्युचाटार क्षेत्रमा गुण्डागर्दी गतिविधिमा संलग्न रहेका थिए।

प्रहरीले पक्राउ परेकामाथि आवश्यक अनुसन्धान अघि बढाइएको जनाएको छ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत