नेपाल प्रहरीले जवानदेखि प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) तहसम्मका कर्मचारीलाई चुस्त बर्दीसहित तयारी अवस्थामा बस्न निर्देशन दिएको छ। प्रहरी प्रधान कार्यालय नक्सालबाट जारी सर्कुलरअनुसार त्यहाँ कार्यरत सबैलाई बिहान ७ बजेदेखि नै स्ट्यान्डबाई रहन भनिएको हो।
स्रोतका अनुसार सबै प्रहरीलाई पूर्ण तयारीका साथ बर्दीमा रहन आदेश दिइएको छ। यसअघि आज साँझ नवनियुक्त गृहमन्त्री सुधन गुरुङले प्रहरी महानिरीक्षक दानबहादुर कार्कीसँग करिब डेढ घण्टा छलफल गरेका थिए, जसमा सशस्त्र प्रहरी बलका महानिरीक्षक राजु अर्याल पनि सहभागी भएका थिए।

देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ