मङ्लबार, चैत्र १७, २०८२
  • गृहपृष्‍ठ
  • राजनिति
  • बालेनलाई दुजाङ शेर्पाको चेतावनी—‘राजा महेन्द्र बन्ने सपना नदेख्नुस्’

बालेनलाई दुजाङ शेर्पाको चेतावनी—‘राजा महेन्द्र बन्ने सपना नदेख्नुस्’


कान्तिपथ


काठमाडौं, १४ चैत। नेपाल विद्यार्थी संघका अध्यक्ष दुजाङ शेर्पाले प्रधानमन्त्री बालेन्द्र शाहलाई निरंकुश शैलीको शासनतर्फ उन्मुख नहुन चेतावनी दिएका छन्। एमाले अध्यक्ष केपी शर्मा ओली र कांग्रेस नेता रमेश लेखक पक्राउ परेपछि उनले यस्तो प्रतिक्रिया दिएका हुन्।

सामाजिक सञ्जालमा लेख्दै शेर्पाले ओलीले ‘सी जिनपिङ’ जस्तो बन्ने सपना देख्दा देशले ठूलो मूल्य चुकाएको उल्लेख गरेका छन्। अब नयाँ प्रधानमन्त्री शाहले पनि ‘राजा महेन्द्र’ जस्तो बन्ने सोच राखे देशले थप भार सहन नसक्ने उनको भनाइ छ।

उनले भदौ २३ र २४ का घटनालाई एउटै सिक्काका दुई पाटा भएको उल्लेख गर्दै एक पक्षलाई मात्र दोष दिने प्रवृत्तिको आलोचना गरेका छन्। साथै, देश अहिले ‘महेन्द्रपथ’ होइन, लोकतान्त्रिक मूल्य–मान्यतामा आधारित ‘बीपीपथ’ खोजिरहेको उनले बताएका छन्।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत